दफा
उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने कुराहरू

उत्पादकले उपभोग्य वस्तुको लेबलमा देहायका कुराहरू अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ –
(क) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर ।
(ख) खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल ।
(ग) गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर
(घ) उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव ।
(ङ) उपभोग्य वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति ।
(च) इलेक्ट्रोनिक, हार्डवयर तथा यान्त्रिक जस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेण्टी, ग्यारेण्टी मिति तथा अन्य आवश्यक कुराहरू ।
(छ) प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाउनु पर्ने कुराहरू ।
(ज) तोकिए बमोजिमका अन्य कुराहरू ।